काठमाडौं । बिहिबार देशभर ३ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १६ हजार चार सय ३८ जनामा कोरोना परीक्षण गर्दा तीन हजार ७५ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।
बिहीबार थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३७७ पुगेको छ ।
त्यस्तै बिहिबार २१ सय २६ जना कोरोना मुक्त भएका छन् । नेपालमा संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुने मृतकको कुल संख्या १० हजार ४२९ पुगेको छ ।
यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो ।
संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु हुँदा २१२६ जना संक्रमणमुक्त भएका छन् । यसैविच काठमाडौंमा ६ सय ३९ जना, भक्तपुरमा एक सय एक र ललितपुरमा एक सय २७ गरी उपत्यकाभित्र कुल ८ सय ६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।