आइतवार, श्रावण २४ गते २०८३

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने बोर्डको अन्तिम तयारी, नतिजा आजै आउने

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ ।

नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । बोर्ड स्रोतका अनुसार हिजो (आइतबार) डेमो गरिएको थियो । स्रोतले भन्यो, ‘हिजो डेमो गरिएको थियो । आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो ।’

क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार