सोमवार, श्रावण २५ गते २०८३

फिफा महिला वरीयतामा नेपालको ऐतिहासिक सफलता, १३ स्थान सुधार गर्दै

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ ।

यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । जुन् रेकर्डलाई पनि उछिनेर नयाँ सफलता हासिल भएको हो । यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो । एसियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा रहेको छ ।

नेपालले महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो । फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली दोस्रोमा झरेको छ ।

पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार