आइतवार, श्रावण २४ गते २०८३

शिक्षा विधेयक : विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ राखिने

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकबारे पुनः छलफल सुरू भएको छ ।

बिहीबारको बैठकमा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ कायमै राखेर जाने सहमति भएको छ । विधेयकमा वि.व्य.स. र अभिभावक संघ राख्ने प्रस्ताव गरे पनि छलफलका क्रममा हटाइएको थियो । तर वि.व्य.स. र अभिभावक संघ राख्ने पुनः सहमति बनेको हो ।

परामर्श उपसमितिले वि.व्य.स. र अभिभावक संघ राख्नेलगायत विभिन्न विषयमा सहमति जुटाएको थियो । उक्त सहमतिलाई समितिका सभापति अम्मरबहादुर थापाले समिति बैठकमा प्रस्तुत गरेका छन् ।

बैठकमा शिक्षकको कार्यसम्पादन मूल्‍यांकन अंक घटाएर ८० प्रतिशत बनाउने प्रस्ताव पनि गरिएको छ । उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्य सम्पादन मूल्यांकन औसतमा ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको हो ।

यसअघि पाँच बर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा नब्बे प्रतिशत प्राप्त गरेको हुनुपर्ने थियो ।

परामर्श उपसमितिले तयार पारेको व्यवस्थासम्बन्धी तीन व्यवस्था :

१. आन्तरिक प्रतियोगिता

२. जेष्ठता र कार्यसम्पादन मूल्यांकन

३. कार्यक्षमताको मूल्यांकन

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार