आइतवार, श्रावण २४ गते २०८३

शिक्षा समिति बैठक : कार्यसम्पादन मूल्याङ्‍कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्‍कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित भएको छ ।

मन्त्रालयका सचिव चुडामणी पौडेलले बिहीबारको शिक्षा समिति बैठकमा विद्यायलय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्‍कन अंक घटाएर ८० बनाउने प्रस्ताव राखेका हुन् । शिक्षकको कार्यसम्पादन मूल्याङ्‍कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्‍कन औसतमा ९० प्रतिशत प्राप्त गरेको हुनुपर्ने प्रतिवेदनको प्रस्तावित व्यवस्थाको सट्टा ८० प्रतिशत गर्ने प्रस्ताव पारित भएको हो ।

त्यस्तै मन्त्रालयले नेपाल  शिक्षक महासङ्घको सदस्यले काज पाउने व्यवस्था गर्न पनि प्रस्ताव गरेको छ । उपसमिति प्रतिवेदनले काज नपाउने व्यवस्था गरेकोमा मन्त्रालयले त्यो व्यवस्था उल्टाउने प्रस्ताव गरेको हो । सचिव पौडेलले प्रस्ताव गर्दै भने, ‘नेपाल शिक्षक महासङ्घको सदस्यको हैसियतले काज नपाउने भनी प्रतिवेदनले गरेको व्यवस्था परिमार्जन गरी काज पाउने व्यवस्था गर्ने ।’

मन्त्रालयले प्रधानाध्यापकले महासङ्घको सदस्य लिन नपाउने प्रस्ताव पनि राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार