काठमाडौं। अहिले पनि मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दो छ। संक्रमितको संख्या बढ्दै जान थालेपछि पुन: मुलुकमा लकडाउन (निषेधाज्ञ) हुने हो कि भन्ने आम मानिसमा आशंका छ।
तर सरकारले भने देशव्यापी लकडाउन हुने संभावना नरहेको जनाएको छ। पत्रकार ऋषी धमलासंगको कुराकानीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कतिपय ठाउँमा सङ्क्रमणको अवस्थालाई हेरेर आंशिक वा स्मार्ट लकडाउन हुनसक्ने बताए।
‘जहाँ संक्रमण धेरै हुन्छ, त्यहाँ आंशिक वा स्मार्ट लकडाउन हुन्छ, तर देशभरी नै लकडाउन भने हुदैन।’ धेरै मानिसले खोप लगाएको र लगाउने क्रम चलिरहेकाले पनि देशभरी लकडाउन हुने संभावना कम रहेको उनको भनाई छ। त्यसैगरी आम नागरिक पनि धेरै सचेत भइसकेकाले पनि महामारी अव कम हुदै जाने राज्यमन्त्री श्रेष्ठको विश्वास छ।