काठमाडौं। प्रस्तावित नेकपा एमाले (समाजवादी) पार्टीका नेता विरोध खतिवडाले नेकपा एमालेबाट अझै मान्छेहरु बाहिरीने दावी गरेका छन्। पत्रकार ऋषी धमलासंग कुरा गर्दै उनले केपी ओलीले म मात्रै भन्ने चिन्तन नत्यागेसम्म एमालेबाट अझै व्यक्तिहरु बाहिरिने दावी गरेका हुन्।
एमाले अध्यक्ष ओलीले एमालेबाट केहि मान्छे चोइटिएको भनेर दिएको अभिव्यक्ती प्रति लक्षित गर्दै उनले ओलीकै कुण्ठाले पार्टी फुटेको बताए। ‘केही फरक पर्दैनथ्यो भने केही भन्नै पर्दैन नी, तर त्यसो होइन, केही व्यक्तिको कुण्ठाको कारणले पार्टी ध्वस्त भयो। जसलाई प्रधानमन्त्रीको कुर्सी मर्ने बेला सम्म चाहिने। नेपाल कम्युनिष्ट पार्टी फुटोस्, एमाले फुटोस तर आफु, मलाई र म मात्रै भन्ने चिन्तन रहेसम्म अझै पार्टीबाट व्यक्तिहरु बाहिरिन्छन्।’ उनले भने।
उनले सही विचार र उद्देश्य बोकेका पार्टीहरुमा एमालेका नेता कार्यकर्ता जाने जाने बताउदै केपी ओलीका भक्त र हनुमानहरु मात्रै ओलीको साथमा रहने टिप्पणी गरे। उनले माधव नेपालले लिएको निर्णय सही भएको जिकिर गरे। माधब नेपाल अब ब्याक जानुहुन्छ त ? भन्ने प्रश्नमा अतिवडाले गल्ती गर्ने व्यक्ति ब्याक जानु पर्ने र त्यो व्यक्ति केपी ओली भएको बताए।