आइतवार, श्रावण २४ गते २०८३

तस्बिरमा हेर्नुहोस् यसरी मनाइदै छ, बसन्तपुरमा गाईजात्रा

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज काठमाडौं उपत्यकासहित देशभर मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन गाईजात्रा मनाइन्छ ।

gaijatra.jpg

gaijatra (1).jpg

एक वर्षयता दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

gaijatra (3).jpg

Gaijatra_h52yRLrR5k.jpg

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार