आइतवार, श्रावण २४ गते २०८३

कश्यप एकेडेमीलाई अर्को सफलता, हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हात पार्यो !

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ । कीर्तिपुर, मैत्रीनगर-२ मा रहेको कश्यप एकेडेमीले अर्को सफता हात पारेको छ । बेनेभोलेन्ट सिनर्जिक एजुकेशन सोसाइटी काठमाडौँले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा कश्यप एकेडेमीका विद्यार्थीहरु प्रथम हुन सफल भएका हुन् ।  

कलंकीमा रहेको विसडम एकेडेमीमा भएको हाजिरीजवाफ प्रतियोगितामा कश्यप एकेडेमीबाट आश्रय अधिकारी, रिया के.सी. र संस्कार पण्डित सहभागि थिए । उनीहरुले अन्य विद्यालयलाई पछि पार्दै प्रथम हुन सफल भएका हुन् । त्यस्तै दोस्रो स्थान पिपल्स् एकेडेमीले हात पार्दा क्षेत्रज्ञ विद्यापीठले तेस्रो स्थान हात पारेको छ । 

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कश्यप एकेडेमी स्कुलले छोटो समयमा नै गुणस्तरीय शिक्षा प्रदान गरेकाले अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ ।

यस स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान, उपयुक्त कक्षा कोठाहरू, अत्याधुनिक सुविधा सम्पन्न भवन, पुस्तकालय, स्तरीय प्रविधि प्रयोगशाला, सुरक्षा व्यवस्था पूर्णरुपमा सुरक्षित एवं व्यवस्थित, यातायातको आवश्यकता रहेका विद्यार्थीलाई सवारी साधनको व्यवस्था उपलब्ध छन् । 

1.jpeg2.jpeg3.jpeg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार