सोमवार, श्रावण २५ गते २०८३

दोस्रो टी-२०मा दक्षिण अफ्रिकासँग अस्ट्रेलिया पराजित

बुधवार , श्रावण २८, २०८२

काठमाडौँ । डेवाल्ड ब्रेभिसको १२५ रनको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकाले दोस्रो टी–२० क्रिकेटमा अष्ट्रेलियालाई ५३ रनले हराएको छ ।

जीतका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ६५ रनमा समेटियो ।योसँगै अष्ट्रेलियाको टी–२० अन्तराष्ट्रिय खेलमा ९ खेलको जीतको शृङ्खला पनि तोडिएको छ ।

डार्विनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । तीन खेलको शृङ्खलामा एकरएकको बराबरी भएको छ । पहिलो खेल अष्ट्रेलियाले १७ रनले जितेको थियो । यी दुई देशबीचको तेस्रो तथा अन्तिम निर्णायक खेल शनिवार हुनेछ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार