काठमाडौं । शुक्रबार नेपालमा ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेको छ । हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा २ हजार २४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टामा २६ जनाको मृत्यु कोरोना संक्रमणका कारण ज्यान भएको मन्त्रालयले पुष्टी गरेको छ । हालसम्म नेपालमा कोरोनाबा मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् ।