आइतवार, कार्तिक ९ गते २०८३

तोरीको तेलमा अखाद्य वस्तु मिसाएरर वेच्ने दोषी ठहर, एक वर्ष कैद र ४० हजार जरिवाना

शुक्रवार , भाद्र ४, २०७८

काठमाडौं । चितवनमा रहेको ओमकार आयल इण्डष्ट्रीजले तोरीको तेलमा अखाद्य बस्तु मिसावट गरी बेचेको घटनामा दोषी ठहर भएको छ । चितवन जिल्ला अदालतले अदालतमा मुद्दा दर्ता भएको डेढ वर्षमा फैसला गर्र्दै उद्योगलाई दोषी ठहर गरी १ वर्ष कैद सहित नगद जरिवाना तोकेको छ । 

न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले ओमकार आयल इण्डष्ट्रीजका सञ्चालक राम श्रेष्ठलाई एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको हो । ओमकार आयलको उत्पादन त्रिवेणी ब्रान्डको तोरीको तेलमा अखाद्य रङ मिसाइएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले ०७६ पुस २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै २०७५ फागुन २३ गते उद्योगको अनुगमन गरेको थियो । प्याकिङ गर्नु अघि र प्याकिङ भइसकेको तेलको नमुना लिएर विभागले आफ्नै प्रयोगशालामा तेलको गुणस्तर परीक्षण गर्दा रङ भेटिएको थियो ।

अखाद्य तेल उत्पादन एवं बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म जेल सजाय र ५० हजार रूपैयाँसम्म जरिवाना लगाउन सकिने कानुनी व्यवस्था छ । कानुन भए अनुसार अधिकतम् सजायको माग दाबी गरिएकोमा अदालतले भने जम्मा एक वर्ष कैद हुने गरी सजाय तोकेको हो । प्रतिवादी भने यसअघीनै तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटीसकेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार