आइतवार, श्रावण २४ गते २०८३

शिक्षा विधेयक : विपन्न–गरिब विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधाको प्रस्ताव

सोमवार , भाद्र २, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको जारी बैठकमा सांसदहरूले निजी विद्यालयको पूर्ण छात्रवृत्तिमा आवास सुविधा राख्नुपर्नेमा जोड दिएपछि मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो । मन्त्रालयको यस्तो प्रस्तावपछि समितिमा अहिले यो विषयमाथि छलफल भइरहेको छ ।

छलफलमा सांसद डिगबहादुर लिम्बूले यो विषय प्रगतिशील ढंगले टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘कतिको २.५ प्रतिशत हो ? निजीलाई जफादेही उत्तरदाही बनाउनु पर्छ । क्रमशः बढाउँदै लजैने प्रस्ताव छ । कम्तीमा १० प्रतिशत गरौं । गरिबले पनि महसुस गरुन् ।’

त्यसैगरी सांसद सुमना श्रेष्ठले मन्त्रालयको उक्त प्रस्तावमाथि टिप्पणी गर्दै गृहकार्य नपुगेको बताइन् । उनले आवासीय सुविधा भएको विद्यालय कति छ भनेर प्रश्न गरिन् । उनले भनिन्, ‘मन्त्रालयको २.५ प्रतिशत आवास सुविधामा गृहकार्य पुगेन । यो हेपाह प्रवृत्ति भयो । हामीलाई स्वीकार्य छैन् । नियमावलीमा राखिय भने पनि यो विषय कार्यन्वयन हुँदैन ।’

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले दिने पूर्ण छात्रवृत्तिको आवास सुविधा कानुनमा नराख्न प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार