आइतवार, आश्विन २५ गते २०८३

महन्थ ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा जाने

शनिवार , भाद्र ५, २०७८

काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने भएको छ।

आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् । लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए।

माग र मुद्दाका आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ,’ भण्डारीले भने, ‘ यो सरकारलाई हामीले भोट पनि दिएका छौं । त्यसैले सरकारप्रति हाम्रो विश्वास छ ।’ यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार