आइतवार, श्रावण २४ गते २०८३

डेंगु नियन्त्रण गर्न काठमाडौँ महानगरले आज ‘वाक एण्ड एक्ट’ कार्यक्रम गर्दै

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौँ । डेंगु रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले शुक्रबार ‘वाक एण्ड एक्ट’ कार्यक्रम गर्दैछ ।

यो कार्यक्रम शुक्रबार एक दिनमात्र हुनेछ । यस कार्यक्रममार्फत् लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिन माइकिङ गर्ने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।

महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान हुन लागेको उनले बताए । यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ता शुक्रबार गर्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार