मंगलवार, आश्विन १३ गते २०८३

विद्यार्थी बोकेर हरिचौरबाट हटिया जाँदै गरेको भ्यान दुर्घटना हुँदा ६ जना घाइते

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो । हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीया अमिसा क्षेत्री, १८ वर्षीया सुनिता सापकोटा र १९ वर्षीय जीवन खत्री घाइते भएको प्रहरीले जानकारी दिएका छन् ।

घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार