आइतवार, श्रावण २४ गते २०८३

शिक्षक आन्दोलन : काठमाडौंको सडक किनारमा विभिन्न विद्यालयका बस राखिए

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आज पनि आन्दोलन गरेका छन् ।

निजी विद्यालय सञ्चालकहरूले बिहीबारदेखि आन्दोलन सुरू गरेका थिए । बिहीबार माइतीघरमा जम्मा भएका विद्यालय सञ्चालकहरूले बानेश्वरसम्म र्‍याली गरेका थिए । शुक्रबार देशभरिका स्कुल बसहरू चोकमा उतार्ने आन्दोलनको कार्यक्रम थिए । सो अनुसार काठमाडौंको चक्रपथ सडकका किनारमा विभिन्न विद्यालयका बस राखिएका छन् ।

चक्रपथका विभिन्न चोकहरूमा विद्यालयका गाडीहरूको लामबद्ध गरी राखिएका छन् । आजै दिउँसो १ बजे माइतीघर मण्डलमा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ/धर्ना गर्ने पनि आन्दोलित निजी विद्यालय सञ्चालकहरूको कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार