मंगलवार, आश्विन १३ गते २०८३

पहिरोले नारायणगढ-मुग्लिङ सडक र कान्तिलोकपथ अवरुद्ध, त्रिभुवन राजपथ सुचारु

शनिवार , भाद्र ७, २०८२

काठमाडौँ ।  पहिरो खस्दा नारायणगढ(मुग्लिङ सडकखण्डमा अवरुद्ध भएको छ।

यस सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुईन खोलामा शनिबार बिहान सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

पहिरो खसेसँगै सडक डिभिजन कार्यालय भरतपुर र प्रहरीको टोलीले पहिरो हटाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस स्थानमा पटकपटक पहिरो जाँदा यात्रुहरूलाई निकै सास्ती हुँदै आएको छ। यसैगरी हेटौँडा–काठमाण्डु जोड्ने कान्तिलोकपथ सडक अझै अवरुद्ध छ। सो सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

यसैबीच हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको छ। त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार