सोमवार, श्रावण २५ गते २०८३

समाजिकक संजालमा भाइरल भैरहेको भावुक फोटोको यस्तो कथा

शनिवार , भाद्र ५, २०७८

काठमाडौं । सामाजिक संजालमा भाइरल बनेको एक फोटोले मानिसहरुलाई भावुक बनाएको छ । मृत आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर मानिसहरुले शेयर गरेका छन् । खासमा यो भावुक फोटोको कथाले मानिसहरुको मन झनै छोएको छ ।

बसमा यात्रा गरिरहेका बेलमा आमाको मृत्युपछि बालक भुँई खसेर रोईकराई गरेको र बसमा सवार अन्य अपरिचित मानिससंग बालक नभुल्दा उनलाई भुलाउनलाई मृत आमाकै काखमा राखेपछि शान्त बसेको बेला लिइएको फोटो हो यो । 
उक्त तस्वीर हो, रुकुमपश्चिम आठबिसकोट नगरपालिका-९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराको । बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निधन भएको थियो ।

त्यसपछि काखमा रहेको उनको छोरा बसको सिटबाट खसेर रोएपछि मात्रै उनको मृत्यु भएको बसका अन्य यात्रुहरुले थाहा पाएका थिए । स्थानीयका अनुसार उनी लामो समयबाट मुटुको समस्याले ग्रसित थिइन् । नेपालगञ्जमा कार्यरत श्रीमानसँगको सल्लाहमै उपचारको लागि नेपालगञ्ज जान लागेकी थिइन् ।

श्रीमान दलबहादुर बटाला नेपालगञ्जमै ठेकापट्टाको काम गर्दै आएकाले उनको उपचारको लागि बोलाएका थिए । स्थानीयका अनुसार श्रीमान बाहिरै भएकाले घरको सबै व्यवस्थापन गरेर काखे बच्चा लगेर उनि निस्किएकी थिइन् । 

बस नेपालगञ्ज पुर्याइएपछि श्रीमान दलबहादुरले जिवित हुने आशामा विभन्न अस्पताल पुर्याएका थिए । तर चिकित्सकहरुले धर्माकुमारीलाई मृत घोषणा गरेका थिए ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार