काठमाडौं । शनिबार २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टिजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ । २४ घण्टामा अवधिमा थप २ हजार ३८२ जना संक्रमण मुक्त भएका भएका छन् । त्यस्तै शनिबार कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ ।
यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ ।
आज देशका विभिन्न आइसीयूमा ७१८ र भेन्टिलेटरमा १६६ जना उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ ।