सोमवार, श्रावण २५ गते २०८३

पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी, ह्‍याट्रिकसँगै सन्दीपले लिए ५ विकेट

मंगलवार , भाद्र १०, २०८२

काठमाडौँ । अस्ट्रेलियामा आज (मंगलबार) भएको पहिलो टी-२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ। नेपालले एसीटीलाई ४१ रनले हराएको हो।

नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ ओभर २ बलमा १ सय ३६ रनमा अलआउट भएको हो।  नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीले २ र रुपेश सिंहले १ विकेट लिए।

यसअघि अस्ट्रेलियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो। नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए।

एसीटीका स्मिथले सबैभन्दा धेरै ५० रन बनाए। यस्तै एसीटीका इभान्स, दुबे र रहमान र ब्रुनकरले २/२ विकेट लिए।  ५ खेलको अभ्यास खेलमा नेपाल आजै दोस्रो टी-२० खेल्दै छ।

टप इन्ड टी-२० शृंखलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न सुरु गरेको हो।  टप इन्ड टी-२० शृंखलामा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो। आईसीसी टी-२० विश्वकप छनोटका तयारीस्वरूप नेपालले अस्ट्रेलियामा अभ्यास खेल खेलिरहेको हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार