सोमवार, श्रावण २५ गते २०८३

यू-१७ महिला च्याम्पियनसिप: आज फेरि बंगलादेशसँग भिड्दै नेपाल

बुधवार , भाद्र ११, २०८२

काठमाडौँ । भुटानमा जारी साफ १७ वर्षमुनिको (यू-१७) महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाल आज (बुधबार) आफ्नो चौथो खेलमा बंगलादेशसँग भिड्दै छ। 

खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। अहिलेसम्म नेपालले ३ खेल खेलेको छ। जसमा २ हार र एक जित गरेको छ। 

पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो। भुटान, भारत र बंगलादेशसहित ४ टोली सहभागी प्रतियोगितामा  नेपालले उपाधि जित्ने सम्भावना कमजोर बनेको छ। 

नेपाल तीन अंकसहित तेस्रो स्थानमा छ भने समान खेल खेलेको बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा छ। अनि नौ अंकसहित भारत शीर्ष स्थानमा छ।

डबल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। आजको खेलपछि नेपाल शुक्रबार भारतसँग र आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार