मंगलवार, आश्विन १३ गते २०८३

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतले नै न्यायाधीश छनौट गर्ने

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसारका न्यायाधीश नभई आफैंले छनौट गर्ने भएका छन् ।

प्रधान्यायाधीश राउतले बुधबार पत्रकारहरूसँग कुरा गर्दै आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिएका हुन् । संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिंदै आएका थिए ।

पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले आफूखुसी अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए ।

यसको विपक्षमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरू उभिएका थिए । राउतले सञ्चारकर्मीहरूसँग भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन् ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार