आइतवार, आश्विन २५ गते २०८३

साथ छाडेका भनिएका नेताहरुको शुर, अन्तिममा माधव नेपाल तिरै, बालकोटमा खैलाबैला

आइतवार , भाद्र ६, २०७८

काठमाडौं। एमाले फुटाएर नयाँ पार्टी दार्ता गर्दाका बखत नेता माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले छाड नछाडेको बताउन थालेका छन्।

उनीहरुले अझै पनि एमालेको एकताका लागि लागिरहेको भएपनि धारै परिवर्तन गरेर अगाडी नगएको बताउँदै आएका छन्।माधव समूहको साथ छाडेको भनिएका एक प्रभावशाली नेताले आफूहरुले अध्यक्ष ओलीलाई सहमतिमा ल्याउन प्रयास गरिरहेको बताए।

यदि आउँदो बुधबारसम्म सहमतिका लागि ओली तयार नभए आफूहरु माधव नेपालले निर्माण गर्ने नयाँ पार्टीमा जाने ती नेताको भनाई छ। यस्तै बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि आफूले माधवकुमार नेपालको साथ नछाडेको प्रष्ट पारिसकेकी छन्। शाक्यको यस्तो घोषणाले ओली समूहमा खैलाबैला मच्चिएको छ।

मुख्यमन्त्री पद पाएर नेता नेपालको साथ छाडेको भन्ने आरोप गलत रहेको उनले बताउने गरेकी छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा शाक्यले ओली र नेपाल दुवै नेताको सहमतिमा आफू मुख्यमन्त्री बनेको दाबी गरिन्। तर माधवकुमार नेपालको नयाँ पार्टीमा लागेका नेताहरुले भने ओलीसँग एकताको सम्भावना नरहेको बताएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार