आइतवार, आश्विन २५ गते २०८३

माओवादीले गर्दै छ यस्तो निर्णय, स्थायी कमिटी बैठक बस्दै

आइतवार , भाद्र ६, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ। हिजो बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल भएकोमा आज थप छलफल गरेर टुंग्याउने छ।

पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने छ। साउन ३१ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात दिनभित्र रिक्त पदपूर्ति गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको थियो।

यसैगरी बैठकले पुसमा गरिने राष्ट्रिय सम्मेलनबारे निर्वाचन निर्देशिका तल्लो तहसम्म पठाउने गरी छलफल गरी आज निर्णय लिइने बताइएको छ। माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार