सोमवार, श्रावण २५ गते २०८३

साफ यू-१७ च्याम्पियनसिप : उपाधिबाट बाहिरिएको नेपालले आज भारतसँग खेल्दै

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता यु–१७० च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाली समयअनुसार खेल अपराह्न ६ बजे हुनेछ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छ भने ३ अंकका साथ नेपाल तेस्रो स्थानमा छ।

घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ। ९ अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ। प्रतियोगितामा यिनै चार देश सहभागी छन्।

खेल तालिकाअनुसार भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ। उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार