सोमवार, श्रावण २५ गते २०८३

विद्युत प्राधिकरणमा दोहोरिएका कुलमानले गर्दै छन् फेरी यस्तो जनप्रिय काम!

आइतवार , भाद्र ६, २०७८

काठमाडौं । कुलमान घिसिङ। नेपाल सरकारका एक लोकप्रिय कर्मचारि हुन्। उनले यसअघि विद्युत प्राधिकरण सम्हाल्दा जनतामाझ निकै वाहावाही कमाए। तर उनको कार्यकाल सकिएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उनलाई पुन: नियुक्ती दिएन्। अन्तत: उनी बाहिरीए। तर घिसिङ लाईनै नियुक्त गर्न आम जनताले आन्दोलन नै गरे।

तर ओली सरकारलाई त्यसले केहि पनि फरक पारेन। बरु उनको ठाँउमा हितेन्द्रदेव शाक्यलाई ल्याइयो। उनी आएको केहि समयमै प्राधिकरणलाई अर्बौ घाटा लाग्यो। लोडसेडिङ बढ्यो। त्यसपछि वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई प्राधिकरणमा फेरी ल्यायो। अहिले आम मानिस खुसी छन्।

लोडसेडिङ पनि क्रमस: घट्दै गएको छ। तीनै कुलमान प्राधिकरणमा आएपछि फेरी जनताका लागि निकै खुसीको काम गर्दैछन्। प्राधिकरणले सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको हो। उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने छ।

यसबाट सहरको सौन्दर्य अभिबृद्धि  हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरुमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारहरुलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरी नै सञ्चालन गरिने छ।

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ। दोस्रो चरणमा काठमाडौंका बाँकी रहेका ठाउँहरु, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ।

विद्युतको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन्।

प्राधिकरणले स्थानीय तहहरुसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृति, विश्व सम्पदामा सूचीकृत स्थानहरु र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ती जाडान गर्न अभियान नै चलाउने छ।

ललितपुर महानगरपालिकाको सकृय सहभागितामा पहिलो चरणको स्मार्ट सडक बत्ती जडान भइसकेको छ। डडेलधुराको अमरगढी नगरपालिकाको मुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भैसकेको छ।

भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको  भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ती जडान भैरहेको छ। काठमाडौं, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानको लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा रहेको छ। उज्यालो सहर अभियानअन्तर्गत काठमाडौंको कोटेश्वर– भक्तपुर र कोटेश्वर–कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्तीलाई हटाएर स्मार्ट लाइट जडान प्रकृया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले बताए।

हाल देशभरबाट थप मागहरु आइरहेको र करिव २० वटा नगरपालिकाबाट प्राप्त मागलार्ई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। जसमध्ये कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौंको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुर लगाएतका नगरपालिकाहरु रहेका छन्। प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकाहरुसँग प्रस्ताव माग गरेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार