स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरूलाई समेत परिचालन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले जानकारी दिए ।
ओलीले भने, ‘यतिबेला देशमा अर्थात वीरगञ्जमा हैजाको महामारी आएको छ । यसले गर्दा पीडा र क्षतिको वातावरण समेत बनेको छ । अहिलेसम्म जम्मा ६२४ जनामा हैजा संक्रमित भएको पाइएको छ । जसमध्ये ४३७ जना स्वास्थ्य लाभ गरेर निको भइसक्नु भएको छ । दुखद कुरा हो यसबीचमा तीन जनाको मृत्यु भएको छ । यसका लागि सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयको अगुवाईमा नेपाली सेनासहित तीनवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने छ । सरकारको तर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको छ ।’
साथै उनले वीरगञ्जमा आउटब्रेक भएको हैजा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । ओलीले हैजाका बिरामीको उपचार गर्न तथा सचेतनाका प्रबन्धहरु गरिएको उल्लेख गर्दै नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालमा समेत उपचार गरिएको सदनलाई जानकारी दिए ।