आइतवार, आश्विन २५ गते २०८३

माधवको पक्षमा लागेँ भनेका वामदेवले अहिले भने - ‘म केपी ओलीको पक्षमा छु’

आइतवार , भाद्र ६, २०७८

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले आफू नेकपा (एमाले)मा नै रहेको प्रष्टीकरण दिएका छन्।

गौतमको सचिवालयले माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम अहिलेसम्म एमालेमा नै रहेको प्रष्टीकरण दिइएको छ। अहिले भइरहेको सबैखाले प्रचारप्रसारमा कुनै सत्यता नभएको पनि सचिवालयले जनाएको छ।

यस्तै‚ नेकपा (एकीकृत समाजवादी) पार्टीले गौतमको फोटो राखेर ब्यानर प्रकाशित गरेकोमा आपत्ति जनाएका छन्। ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन।’ गौतमको सचिवालयले भनेको छ। 

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार