आइतवार, श्रावण २४ गते २०८३

फेरि आयो गायक सिसन बानियाँको नयाँ र्‍याप गीत ‘चोकतिर’

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । भ्लगिङबाट चर्चा कमाएका सिसन बानियाँले नयाँ र्‍याप गीत निकालेका छन् । आसिन दंगालसँगको सहकार्यमा बानियाँले ‘चोकतिर’ बोलको गीत निकालेका हुन् ।

हाल यो गीत स्पोटिफाईमा मात्र उपलब्ध छ । ४ मिनेट ३ सेकेन्डको यस गीतमा बानियाँले एउटा भर्समा र्‍याप हानेका छन् । यसमा लिरिक्स र कम्पोजिसन दंगालकै छ । यो गीत उनको एकल गीत हो । उनी केही वर्षयता बानियाँसँगै रहेर काम गर्दै आइरहेका छन् । बानियाँको भ्लगहरूमा यो गीत गाउँदै पनि आइरहेका थिए ।

बानियाँले समेत यो सहकार्यबारे केही समयअघि आफ्नो इन्स्टाग्राम ब्रोडकास्ट च्यानलमा बताएका थिए । उनका अनुसार यो उनको अन्तिम सांगीतिक कोसेली हुनेछ ।

यसअघि बानियाँले नवाज अन्सारी र ओएमजी स्पार्कसँग ‘बबाल’ र दुर्गेश थापासँग ‘जाने भए जाउ माया’ गीत निकालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार