धर्नामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धेरैले महासंघले रमिता देखाएको भनेर प्रतिक्रिया दिएकोमा आपत्ति जनाउँदै रमिता देखाउने सोचबाट भन्दा पनि विद्यालय शिक्षाको उन्नतिका लागि महाअभियानमा आफूहरू जुटेको बताए ।
विधेयकलाई उल्टो बाटो हिँडाएको कारण त्यसलाई सुल्टो बाटो हिँडाउन आफूहरूले माग गरेको उनले बताए । उनले भने, ‘विधेयकलाई उल्टो बाटो हिँडाइएको छ । त्यसलाई सुल्टो बाटो हिँडाउनुपर्यो भन्ने माग हो । चैत्र–बैशाखको आन्दोलनलाई पनि मानिसले रमिता भनेको थिए । तर यो लोकतन्त्र हो र यहाँ आफूलाई लागेको बोल्न पाइन्छ । तर रमिता देखाउने सुविधा हामीलाई छैन । विद्यालय शिक्षाको उन्नतिका लागि र भोलिको गुणस्तर विद्यालय शिक्षाको लागि एउटा महाअभियानमा छौं ।’
यसअघि कांग्रेस, एमाले र माओवादी, नेकपा एकीकृत समाजवादीको कार्यालयमा महासंघले धर्ना दिएको थियो ।