आइतवार, कार्तिक ९ गते २०८३

मेलम्चीमा ३४ घर पहिरोको जोखिममा, सम्वन्धित निकायले चासो नदिएको स्थानियको गुनासो

आइतवार , भाद्र ६, २०७८

काठमाडौं । प्राकृतिक विपदबाट ग्रस्त मेलम्चीमा फेरी पहिरोले ३४ घर जोखिममा परेका छन् । लगातारको वर्षाले मेलम्ची नगरपालिका-८ केउरानीका ३४ घर जोखिममा परेको समाचारमा जनाइएको छ । स्थानीयवासी कान्छामान दोङका अनुसार पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा छन् । 

गत सालदेखि नै पहिरो जान थालेका ठाउँमा यसपालि पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेको उनले बताए । निरन्तर पहिरो खसिरहेकोले जोखिम भएपछि वडामा खबर गरेपनि वडा कार्यालयले चासो नदिएको उनले गुुनासो गरे । वडा नम्बर ८ का वडाध्यक्ष ठकराज गिरीले तत्काल नगरपालिकामा जानकारी गराई प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए ।

उनले भूगर्भविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए । उनले यसअघि जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नभएको भनाई राखे ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार