आइतवार, श्रावण २४ गते २०८३

चीनका सेना नेपाली फौजसँग पराजित भएको त्यो इतिहास, अहिले हेर्दा...

बिहिवार , भाद्र १९, २०८२

काठमाडौँ । दोस्रो विश्वयुद्धमा जापानको हारको ८० औँ वर्षगाँठ मनाउँदै गर्दा बुधबार चीनले बेइजिङमा आयोजित परेडमा अनेकौँ नयाँनयाँ हतियार प्रदर्शन गर्यो। यो परेडमा चीनले केही आधुनिक हतियार देखाएर विश्वलाई चकित पार्यो ।

यतिसम्मकी विश्कै शक्तिसाली अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत त्रसित बनेका देखिन्छन् । चीनले परेडमार्फत शक्ति देखाए लगत्तै ट्रम्पले चीनमाथि षडयन्त्र भइरहेको प्रतिक्रिया समेत दिएका छन् । आज चीन जसरी शैन्य शक्ति र हात हतियारमा अगािड बढेको छ । तर, चीनका सेनालाई नेपाली फौजले पराजित गरेको इतिहास छ । 

वि.स.१८४९ मा नेपाली फौजले तिब्बतमाथि आक्रमण गर्यो । तिब्बतले चीनसँग सहयोगका लागि हार गुहार गरेको थियो। हारगुहार गर्दा चीन तिब्बतलाई सहयोग गर्न तयार भयो । नेपालसँग भिड्नको लागि ४० हजार चिनियाँ सेना केरुङ हुँदै नेपालभित्र प्रवेश गरेर धुन्चे पुगे ।

यता चौतरिया बम शाह र काजी दामोदर पाण्डेको नेतृत्वमा नेपाली फौज पनि चिनियाँसँग भिड्नको लागि मैदानमा उत्रियो । नेपाली फौजले ठूलो बहादुरी र रणकौशलमार्फत हटेर लडेपछि चीनीया सेना हार व्यहोर्न पुग्यो । त्यसपछि चीनीया सेना सम्झौता गर्ने प्रस्ताव राखेर चीन फर्किए । र नेपाल–तिब्बत–चीनबीच  विस १८४९ भाद्र ६ मा सन्धि हुदैँ युद्ध रोकियोको थियो ।   

तर, आज नेपाल कहाँ छ ? चीन कहाँ पुग्यो ? आकाश र धर्तीको फरक छ । कुनै समय आफ्नो बहादुरीले विश्व हल्लाएको नेपाली सेनाको अवस्था आज भने नाजुक छ ।

चीनसँग लड्ने हाततियारमा हाइपोसोनिक मिसाइल, हाइड्रोजन बम प्रविधिले भरिपूर्ण हात हतिहारहरू छन् । तर नेपालसँग उही हातहतियारमा खुकुरी भाला गुलेली, बन्दुक इत्यादि मात्रै छन्। अहिलेको अवस्थालाई हेर्ने हो भने नेपालभन्दा चीन १५० वर्या अगाडि पुगिसकेको चर्चा हुन थालेको छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार