काठमाडौं । आइतबार १ हजार ९ सय २० जना संक्रमित थपिएका छन् ।स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२ हजार ५१६ जनामा कोरोना परीक्षण गरिएकोमा १९२० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४३३ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २०९ पुगेको छ ।
सोही अवधीमा २ हजार २४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आइतबार संक्रमण केही घटेको देखिएको छ । आज संक्रमित हुने भन्दा संक्रमण मुक्त हनेको संख्या बढी रहेको छ । यसअघि शनिबार पनि २०७५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २३८२ जना संक्रमणमुक्त भएका थिए ।
संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा मृतकको संख्या १० हजार ५०९ पुगेको छ । हाल देशभर ३८ हजार ७५१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।