समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार काठमाडौँको आकाशबाट पनि चन्द्रग्रहण देखिने छ । यो २०८२ सालको पहिलो ग्रहण हो । आउँदो फाल्गुन १९ गते शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।
चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । वैज्ञानिक दृष्टिकोणले भने चन्द्रग्रहण पूर्णतया हानिरहित भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर नपर्ने प्रस्टाइएको छ। बरु खगोलप्रेमी र विद्यार्थीका लागि यो अवलोकन, अध्ययन र अनुसन्धान गर्न दुर्लभ अवसर बन्नेछ।