मंगलवार, आश्विन १३ गते २०८३

बेलारुसकी साबालेन्काले जितिन् लगातार दोस्रोपटक यूएस ओपन

आइतवार , भाद्र २२, २०८२

काठमाडौँ । विश्वकी नम्बर एक महिला टेनिस खेलाडी आर्यना साबालेन्काले यूएस ओपनको महिला एकलको फाइनल खेलमा अमेरिकाकी अमान्डा एनिसिमोभालाई हराउँदै वर्षको पहिलो ग्रान्ड स्लाम उपाधि जितेकी छन्। 

बेलारुसकी साबालेन्काले फाइनलमा निरन्तर र स्थिर प्रदर्शन गरिन् र खेल ६-३, ७-६ (७-३) ले जितिन्। खेल जितेपछि साबालेन्का भावुक देखिइन्। यस वर्ष उनले दुई ग्रान्ड स्लाम फाइनल खेलमा हार बेहोर्नुपरेको थियो।

गत वर्ष पनि साबालेन्काले यूएस ओपनको उपाधि जितेकी थिइन्। २७ वर्षीया साबालेन्काले यस वर्षको अन्तिम ग्रान्ड स्लाममा उत्कृष्ट प्रदर्शन गरेर आफ्ना आलोचकलाई जवाफ दिएकी छन्। यो साबालेन्काको चौथो ग्रान्ड स्लाम एकल उपाधि हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार