आइतवार, श्रावण २४ गते २०८३

जेनजी विभाजित : कुलमान की सुशीला ?, देश झनै संटकतर्फ धकेलिदैँ

बिहिवार , भाद्र २६, २०८२

काठमाडौँ ।  जेनजी आन्दोलनले ३६ घण्टामै दुई तिहाईको सरकार ढालेपछि अहिले देश नेतृत्व बिहिन बनेको छ । जेनजी आन्दोलनले सरकार त ढाल्यो तर, देशले निकास पाइरहेको छैन । अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्नेबारे जेनजी प्रतिनिधिबीच खटपट भएको छ ।

खासगरि जेनजीहरु दुई समुहमा विभाजित भएका छन् । जेनजीको एक  पक्षले पूर्वप्रधानन्याधिस सुशीला कार्कीछलाई प्रधानमन्त्रीका लागि सिफारिस गरेको छ । कार्कीले आफू सरकारको नेतृत्व लिन तयार भएको समेत बताइसकेकी छन् । तर, अहिले एक तप्काले कार्कीको निकै आलोचना गरिहेका छन् । प्रधानन्यायधिसको कार्यकालपछि नेताहरुले अदालतमा आफूहरुको पहुँच कसरी पुर्याउछन् ? यसबारे खुलासा गरेर चर्चामा आएकी पूर्वप्रधानन्यायधिस कार्की अहिले भने आफ्नो कामले विवादित बनेकी हुन् ।

भारतीय मिडियालाई आफू प्रधानमन्त्री बन्न लागेको भन्दै कार्कीले अन्तर्वार्ता दिएपछि उनि विवादमा तानिएकी छन् । अहिले उनका फोन रकेर्ड भाइरल भइरहेका छन् । त्यसकारण जेनजी नेपालको अर्को समुह कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट पछि हटेको छ ।

यससँगै जेनजी नेपालको अर्को समूहले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारको अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने हाम्रो आन्दोलन अभूतपूर्व सफलताको चरणमा पुगेको छ। जेन–जी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्ष आउनेछ ।’

जेनजी नेपालका अनुसार प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई प्रमुख उम्मेदवारका रूपमा हेरिएको थियो । तर, उनले प्रक्रियामा रुचि नदेखाएको कारण अन्य विकल्प खोजिएको हो । त्यस्तै, धरानका मेयर हर्क साम्पाङको नाम पनि छलफलमा आए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून ठहरिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा हिजोको भर्चुअल छलफलमा समर्थन देखिए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार गरिसकेको कारण उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ ।यी सबै छलफलपछि कुलमान घिसिङकै नाममा सकारात्मक सहमति बनेको र उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा पठाउने निर्णय भएको जेन–जी नेपालले जनाएको छ ।

तर, अर्को पक्ष कुलमानलाई प्रधानमन्त्री बनाउने विषयमा असन्तुष्ट छ । जेनजी प्रतिनिधिबीच नै फुट आएपछि देश झनै संकटतर्फ  धकेलिरहेको छ । यता जेनजीका नेता मानिएका बालेनले भने जेनजीहरुलाई साथ दिएनन् । अर्थात तत्काल उनी देशको नेतृत्व लिन मानिरहेका छैनन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार