काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शिर्ष नेता र कानुन व्यवसायीसँग छलफल गर्नु भएको छ । अन्तिरिम सरकार गठन गर्ने विषयमा बिहीबार राती १० बजे शीतलनिवासमा राष्ट्रपति पौडेलले प्रमुख तीन दलका शीर्ष नेता र कानुन व्यवसायीसँग छलफल गर्नु भएको हो ।
शीतलनिवासको छलफलमा कानुन व्यवसायीतर्फ वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, डा चन्द्रकान्त ज्ञावली, सूर्य ढुंगेल, ललित बस्नेत, डा भीमाअर्जुन आर्चाय, डा विपिन अधिकारी सहभागि थिए ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागि थिए । उक्त छलफलले निकालेको निष्कर्ष अनुसार संविधानको धारा ६६ अनुसार ओलीले पूर्वप्रधानन्यायधिस सुशीला कार्कीलाई प्रधानमन्त्रीका लागि सिफारिस गर्ने र धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति जुटेको हो ।
ओली, देउवा र प्रचण्डले पूर्वप्रधानन्यायधिस कार्कीलाई प्रधानमन्त्री बनाउन आफूहरुले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलको समन्वयमा शीतलनिवासमा छलफल भएको थियो । शीर्ष तीन नेताले नै कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जनाएपछि कार्की अन्तिरिम सरकारको प्रधानमन्त्री हुने पक्कापक्की भएको छ । यससँगै नेपालले पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाउनेछ । र, कार्कीले ६ महिनापछि निर्वाचन गर्ने सहमति पनि जुटेको छ ।