आइतवार, श्रावण २४ गते २०८३

अन्तरिम सरकारमा मन्त्री बन्न सुमनाले रास्वपा छाडिन्, रविमाथि घातक प्रहार  !

सोमवार , भाद्र ३०, २०८२

काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलन चर्किएपछि नक्खु कारागारबाट सुरक्षा चुनौतिका कारण रास्वपाका सभापति रवि लामिछानेलाई कारागार प्रशासनले घर पठाएको थियो । तर, शनिबार रवि आफै कारागार पुगे ।

रवि कारागार पुगेको भोलिपल्टै अर्थात आइतबार रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । रविले सुमनामाथि ठुलो गुण लगाएका छन् । रविले नै सुमनालाई समानुपातिकबाट सांसद बनाए ।

त्यसपछि रविले सुमनालाई शिक्षामन्त्री बनाएका थिए । तर, पहिलो पटक रवि कारागार चलान हुँदा गत चैतमा सुमनाले पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन । तर, अहिले सुमनाले रास्वपा नै छाडेकी हुन् । 

सुमनाले रास्वपा छाड्दै रविमाथि घातक प्रहार गरेकी छन् । ‘कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन ।’, सुमनाले रविमाथि प्रहार गर्दै भनेकी छन् ।

तर, सुमनाले रास्वपा छाड्नुको भित्रि रहस्य भने अर्कै छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अन्य पार्टीमा भएका राम्रा व्यक्तिहरुले पार्टी परित्याग गरेर आए मात्रै मन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ । त्यसकारण मन्त्री बन्नको लागि सुमनाले पनि रास्वपा परित्याग गरेको आरोप लागेको छ ।

उनी प्रधानमन्त्री कार्कीको शपथ ग्रहणमा पुगेपछि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो । सुमना स्वयम्ले आफू मन्त्री अहिले नबन्ने र बाहिरैबाट सरकारलाई सघाउने बताएकी छन् । बाहिर उनले मन्त्री नबन्ने भने पनि भित्रिरुपमा भने मन्त्रिका लागि सुमनाले बार्गेनिङ गरिरहेको स्रोतको दाबी छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार