सोमवार, श्रावण २५ गते २०८३

पाकिस्तानमाथि भारतको सहज जित

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं। भारतले एसिया कपमा पाकिस्तानलाई सजिलै पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार सम्पन्न खेलमा भारत ७ विकेटले विजयी भएको हो।

पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो। सो लक्ष्य भारतले ३ विकेट गुमाउँदै सहजै पार गर्‍यो।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानको सुरुआत नै खराब भयो। पहिलो ओभरमै साइम अय्यूब आउट भए भने दोस्रो ओभरमा मोहम्मद हारिसले विकेट गुमाए। दुई ओभरमै ६ रनमा २ विकेट गुमाएपछि दबाबमा परेको पाकिस्तानलाई शाहिबजादा फारहान (४४ बलमा ४० रन) र फखर जमन (१५ बलमा १७ रन) ले केही समय सम्हाले। तर, उनीहरू पनि लामो समय टिक्न सकेनन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार