अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ तथा अजमातुल्लाह उमरजाईले ३० रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन तथा नसुम अहमद, तस्किन अहमद र रिशाद हुसेनले समान दुई विकेट लिए । त्यसअघि दुबईमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले पाँच विकेट गुमाएर एक सय ५४ रन बनायो । बङ्गलादेशका तान्जिद हसनले ५२ र सैफ हसनले ३० रन बनाए ।
अफगानिस्तानका राशिद खान र नूर अहमदले समान दुई तथा अजमातुल्लाह उमरजाईले एक विकेट लिए । यो जीतसँगै बङ्गलादेशको सुपर चारमा पुग्ने सम्भावना बलियो बनेको छ भने अब अफगानिस्तानलाई अन्तिम खेलमा नेटरनरेटका आधारमा जित्नैपर्ने दबाब छ ।
आठ वटा टोली सहभागी प्रतियोगिताको समूह एमा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह बीमा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल असोज १२ गते हुनेछ ।