काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच बालकोटमा भएको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको हो ।
नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । अन्टिमेटम सकिने अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेर सहमति कार्यान्वयन गर्ने सहमति गरेका हुन् ।
उनिहरुल लामो समयदेखी माधवकुमार नेपाल समूहसँग रहेका थिए । तर माधब नेपालले नयाँ पार्टी दर्ता गर्दा नेपालको साथ छोडेका थिए ।