आइतवार, श्रावण २४ गते २०८३

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा

बिहिवार , आश्विन २, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वामपन्थी विचारधारा बोकेको अमेरिकामा रहेको एन्टिफा समूहलाई ठूलो आतंकवादी संगठन घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत यसबारे जानकारी गराएका हुन् । 

एन्टिफा समूह नव–नाजीवाद, नव–फासिवाद, गोराहरूलाई सर्वोच्च मान्ने विचारधारा र जातीय विभेद विरुद्ध सक्रिय छ । राष्ट्रपति ट्रम्पले एन्टिफा समूहलाई आर्थिक सहयोग गर्नेहरूमाथि उच्च कानुनी मापदण्डअनुसार छानबिन गर्न सिफारिस गर्ने पनि चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

एन्टिफा समूहको उत्पत्ति सन् १९२०–१९३० को दशकमा युरोपेली फासिवादी शक्तिहरूको विरुद्ध चलेको आन्दोलनबाट भएको मानिन्छ । समूहका सदस्यहरूले प्रायः कालो कपडा लगाउने, अनुहार छोप्ने गर्छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार