काठमाडौं । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ । अहिले उनले सभामा विश्वासको मत माग्दै सम्वोधन गरिरहेका छन् । प्रदेश सभाको पहिलो बैठक विपक्षीको नाराबाजीबीच केहीबेर चलेर स्थगित भएर साढे २ बजे सुरू भएको दोस्रो बैठक ९ मिनेट मात्र चलेर स्थगित भएको थियो । तर सभामुख पूर्णबहादुर घर्तीले स्थगितपछि बसेको बैठकको सुरुमै कार्यसूची अनुसार सञ्चालन गरेका छन् । विपक्षी एमालेले त्यो बैठक पनि बहिस्कार गरेको छ ।
सवा ४ बजे सुरू भएको नवौं अधिवेशनको चौथो बैठकमा सभामुख घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम१४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रक्रियाअघि बढाएका हुन । केसीले विश्वासको मत लिने प्रस्ताव बैठकमा पेस गरेका छन् ।