मंगलवार, आश्विन १३ गते २०८३

टिम कालरात्रीले यो बर्षको बिएमजे दशैं कप फुटसल प्रतियोगिता २०८२ को ट्रफी हात पार्न सफल

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । बुढानीलकण्ठ ७ कपनमा रहेको बिएमजे रिलोडेड क्लब, फ्रेण्डस् एण्ड फिटनेसले आफ्नो नियमित कार्यक्रम अन्तर्गत युरो फुटसल मैदान बालुवाखानी कपनमा बिएमजे दशैं कप एकदिवसीय सेभेन ए साईड फुटसल प्रतियोगिता साथै दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालीहरुको चाडपर्वको रुपमा लिईने दशैं, तिहार र छठ नजिकिदै गर्दा यसलाई भब्यताको साथ मनाउन बिभिन्न संघ, संस्था, क्लबहरुले आफु अनुकुल कार्यक्रमहरु गर्ने परम्परा आज भोलि पनि कायमै रहेको छ । २०८२ असोज ४ गते शनिवार बिहान ६ बजे बाट ११ बजे सम्म युरो फुटसल मैदानमा भएको प्रतियोगितामा ५ टिमले भाग लिएका थिए । बु.न.पा.-८ उमंग टोल सुधार समितिका अध्यक्ष तथा खेल प्रेमि नरेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा टिम कागत्यानी, टिम चन्द्रघण्टा, टिम सिद्धिदात्री, टिम कालरात्री र टिम महागौरी बिच खेल भएको थियो । प्रतियोगिता सम्पन्न गर्न एशियन भिलेज रिसोर्ट, ककनी स्टेबरी, लामा ब्रदर्स, युनिक पावर सिस्टम कालिमाटी, आरबि ईलेक्ट्रोनिक्स् गोल्पुटार,पि एण्ड पि प्रिन्ट प्लस, आर आर ईन्टर प्राईजेज, भद्रकाली ज्वेलर्स, पाथिभारा ट्रेडिङ हब, लक्कि ईम्पोर्ट एण्ड एक्सपोर्ट, ग्लोबल ईन्सिच्युट चाबहिल, टि एण्ड पि चाबहिल, सेल्सबेरी क्यास एण्ड क्यारी,रोयल प्यालेस मुलपानी,योन्जन साईबर हाँडीगाउँ ले सपोर्ट गरेका थिए ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रतेक बर्ष प्रदान गरिदै आएको बर्ष उत्कृष्ट खेलाडी अवार्ड आङ छिरिङ शेर्पाले हात पार्न सफल भएका थिए भने हाई स्कोर अवार्ड शन्तोष श्रेष्ठ, बेस्ट किप्पर अवार्ड बासुदेव न्यौपाने तथा बेस्ट प्लेयर अवार्ड कुमार निरौलाले हात पारेका थिए । प्रतियोगितामा आफ्नो अंकलाई अगाडी राख्दै टिम सिद्धिदात्री,टिम कालरात्री फाईनलमा पगेका थिए भने फाईनल खेल बराबारी भए पछि पेनाल्टिबाट टिम कालरात्रीले आफ्नो अग्रता कायम राख्दै यो बर्षको बिएमजे दशैं कप फुटसल प्रतियोगिता २०८२ को ट्रफी हात पार्न सफल भएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बु.न.पा.-८ उमंग टोल सुधार समितिका अध्यक्ष तथा खेल प्रेमि नरेशमान श्रेष्ठले आफ्नो टोलमा यसरी खेल प्रति माया गर्ने पुस्ता जन्माउन प्रयास भएकोमा खुसी व्यक्त गर्दै आफु पनि खेल प्रेमि भएको र उमेरमा खेल क्षेत्रमा लागेको अनुभव समेत सुनाउनु भएको थियो ।

अहोरात्र खटिने आयोजक टिम तथा सहयोगी हातहरुकै कारण कार्यक्रम सफल भएको भन्दै टिमका अध्यक्ष पवन खत्रीले सबै प्रति आभार व्यक्त गर्नु भएको थियो ।

यो संस्थाले यसभन्दा अगाडी पनि बिभिन्न सामाजिक कामहरुमा सकृय सहभागिता जनाउँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार