आइतवार, आश्विन २५ गते २०८३

योगेश भट्टराईले भने, माधव नेपालसंग सहकार्य गरेपनि पार्टी विभाजनको पक्षमा छैनौँ 

सोमवार , भाद्र ७, २०७८

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्न हतार गरेको बताएका छन् । लामो समयदेखी नेता नेपाल समुहमा रहेर पार्टी एकताका लागी प्रयास गरेका भट्टराईसहित नेताहरु नेता नेपालको नयाँ पार्टीमा सहभागी भएनन् । 

सोमबार एमाले अध्यक्ष केपी ओलसंग भएको छलफलमा यसअघी भएको १० बुदेँ सहमति कार्यान्वयन गर्ने सहमति पछि  प्रतिक्रिया दिँदै उनले नेता नेपालले नयाँ पार्टी खोल्न हतार गरेको प्रतिक्रिया दिए । नेता नेपालसँग सहकार्य गरे पनि पार्टी विभाजनको पक्षमा आफूहरु नभएको उनले बताए ।

उनले अलग पार्टी दर्ता प्रक्रियामा रहेका नेताहरुलाई स्थगित गरेर पार्टी एकतामार्फत ऐतिहासिक रुपमा लाग्नको लागि भोलिको स्थायी कमिटी बैठकले आह्वान गर्ने बताए । नेपाललाई पार्टी एकताको पक्षमा उभिन आग्रह गर्दै पार्टीमा भएका कारबाहीको बिषय स्वत: अमान्य हुने ओलीले प्रतिबद्धता जनाएको उनले जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार