सोमवार, श्रावण २५ गते २०८३

नेपाली क्रिकेट टोलीले पायो यूएईको भिसा, भोलि नै प्रस्थान गर्ने

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी–२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईको भिसा पाएको छ ।

सोमबार टी–२० आई सिरिजका लागि नेपाली टोली यूएई प्रस्थान गर्ने भएको छ । नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले एकसातापछि मात्रै भिसा दिने निर्णयमा पुगेको हो । यसअघि आवेदन दिएको दोस्रो दिनमै भिसा स्वीकृत गर्ने गरेको भएपनि यसपटक ढिलाई भएको हो ।

नेपाली क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले आइतबार विज्ञप्ति जारी गर्दै नेपाली क्रिकेट टोलीका सदस्यले भिसा पाएको जानकारी दिएका छन् । नेपाली टोलीले सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीसँग युनिटी कप टी–२० प्रतियोगितामा प्रतिस्पर्दा गर्नेछ ।

युनिटी कपका लागि अनलाइन टिकेट समेत खुला भइसकेको छ । क्यानले टोलीलाई बिहीबार नै बिदाइ गरिसकेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार