सोमवार, श्रावण २५ गते २०८३

एसिया कप टी २० : भारतले पाकिस्तानलाई फेरि हरायो

सोमवार , आश्विन ६, २०८२

काठमाडौँ । एसिया कप २०२५ को सुपर ४ खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ।

१७२ रनको लक्ष्य पाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। अभिषेक शर्मा र शुभमन गिलले ९.५ ओभरमा १०५ रन जोडेर भारतलाई जित दिलाए।

गिल २८ बलमा ४७ रन बनाएर आउट भए। अभिषेकले ३९ बलमा ७४ रन बनाए, जसमा ५ छक्का र ६ चौका थिए। सूर्यकुमार यादव खाता नखोली आउट भए। स्यामसन १३, तिलक वर्मा ३० र हार्दिक ७ रनमा अविजित रहे।

पाकिस्तानले पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १७१ रन बनाएको थियो। साहिबजादा फरहानले ४५ बलमा ५८ र साइम अयुबले १७ बलमा २१ रन जोडे। फखर जमान १५ र हुसेन तलत १० रनमा आउट भए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार