सोमवार, श्रावण २५ गते २०८३

सोमबार १८०१ संक्रमित थपिए, १९२४ जना संक्रमणमुक्त

सोमवार , भाद्र ७, २०७८

काठमाडौं । सोमबार नेपालमा १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा १९२४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो तीन दिनयता कोरोनाभाइरस संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।

त्यस्तै २४ घण्टामा २४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेको मन्त्रालयको तथ्यांक छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार