आइतवार, कार्तिक ९ गते २०८३

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलाई विश्वासको मत प्राप्त, पक्षमा ४२ मत 

सोमवार , भाद्र ७, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतदानमा उनले ४२ मत पाए । प्रस्तावको विपक्षमा मत खसेन भने एक जना तटस्थ रहे ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठक बहिस्कार गरी मतदानमा सहभागी भएन । ४२ मत प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको हिसाबले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार